भिरबाट लडेर एकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भिरबाट लडेर एकको मृत्यु


४ बैशाख २०७५, मंगलबार


भोजपुर । भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ तिम्मामा भिरबाट लडेर एकजनाको ज्यान गएको छ ।

सोही वडाको खम्बुखाका ४७ वर्षीय स्थानीयबासी महेन्द्रबहादुर तामाङको भिरबाट लडेर ज्यान गएको हो । नयाँ वर्षको लागि हाँसपोखरी मेलामा गएका तामाङको मादक पदार्थ सेवन गरी घर फर्कनेक्रममा आइतबार मयुँखर्क सामुदायिक वनको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनास्थल सदरमुकामबाट टाढा रहेकाले शवलाई परीक्षणका लागि जिल्ला ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ । शव परीक्षणपछि परिवारको जिम्मा लगाइने भएको प्रहरीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस