किन निकालियो सर्वोच्चबाट ‘श्रीयन्त्र’ ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

किन निकालियो सर्वोच्चबाट ‘श्रीयन्त्र’ !


प्रशासन विशेष ब्युरो

४ बैशाख २०७५, मंगलबार


कर्मचारी समायोजन

काठमाडौं । सर्वोच्च अदालतबाट ‘श्रीयन्त्र’ झिकिएको छ। धार्मिक र तान्त्रिक महत्व रहेको ‘श्रीयन्त्र’ लाई सोमबार निकालिएको छ ।

प्रधान न्यायालय रानीपोखरीमा रहेका बेला तत्कालीन प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले ‘श्रीयन्त्र’ राख्न लगाएका थिए। आजको नागरिक दैनिकमा समाचार छ–न्यायको प्रतीक मानिने ‘श्रीयन्त्र’ छोएमा कसैले अन्याय गरेमा भष्म हुनसक्ने धार्मिक विश्वास छ।

पूर्वप्रधानन्यायाधीश प्रधानले अदालतमा पस्दासाथ र निस्कँदा ‘श्रीयन्त्र’ ढोग्थे। पछि सर्वोच्च अदालतको भवन बनेपछि सारिएको थियो।

पूर्वन्यायाधीश प्रकाश वस्तीका अनुसार तन्त्रशास्त्रमा ‘श्रीयन्त्र’ को ठूलो महत्व छ। ‘श्रीयन्त्र’ लाई भगवान् शिवको अंश मानिन्छ।

‘पूर्वप्रधानन्यायाधीशको नयनबहादुर खत्रीको पालामा ‘श्रीयन्त्र’ झिकिएको थियो,’ उनले भने, ‘सर्वोच्चको मर्मत गर्दा त्यसलाई हटाइएको थियो।’ वस्तीलगायतले ‘श्रीयन्त्र’ कहाँ गयो भन्दै खोजी गर्दा सर्वोच्चको स्टोरमा लगेर राखिएको थियो।

‘श्रीयन्त्र’ हराएको थिएन। सर्वोच्चको स्टोरमा राखिएको थियो,’ वस्तीले भने, ‘महत्व नबुझेका कारण सर्वोच्चको स्टोरमा लगेर फालिएको थियो। हराएको होइन। श्रीयन्त्रको ठूलो धार्मिक र तान्त्रिक महत्व छ। पशुपतिनाथमा अहिले पनि श्रीयन्त्रको पूजा भएपछि मात्र अन्य पूजा गरिन्छ।’

प्रतिक्रिया दिनुहोस