आगलागीबाट दुई घर नष्ट, बीस लाखको क्षति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आगलागीबाट दुई घर नष्ट, बीस लाखको क्षति


३ बैशाख २०७५, सोमबार


उदयपुर । उदयपुर गढी गाउँपालिका–७ मा आइतबार साँझ आगलागी हुँदा दुईघर जलेर नष्ट हुँदा २० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर गढी–७ को हस्तबहादुर सार्कीको घरको भान्छा कोठाबाट आइतबार साँझ आगलागी हुँदा हस्तबहादुर र मानध्वज सार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

आगलागीबाट दुबै घर जलेर नष्ट हुँदा अन्नपात, लत्ताकपडा तथा भाँडाकुडा र नगदसहित २० लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । स्थानीयवासी र प्रहरी चौकी लापत्ताबाट गएको प्रहरीको सक्रियतामा आगो नियन्त्रण गरिएका कारण अन्य घरमा भने क्षति हुन पाएन । रासस

प्रतिक्रिया दिनुहोस