काठमाडौंमा अब यी ६ ठाउँबाट मात्र प्रदर्शन गर्न पाइने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौंमा अब यी ६ ठाउँबाट मात्र प्रदर्शन गर्न पाइने


२ बैशाख २०७५, आइतबार


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ६ ठाउँबाट मात्र सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्न पाउने व्यवस्था गरेको छ ।

वैशाख १६ गतेदेखि लागु हुने गरि काठमाडौंको खुलामञ्च, तीनकुनेको खुल्ला चौर, भगवानपाउको भुईंखेलचौर, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याणपरिषद अगाडिको खुला स्थान र गौशालाको सिफलचौरमा मात्र विरोध प्रदर्शन गर्न पाइने जनाइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माद्वारा हस्ताक्षरित सूचनामा मार्फत ‘मिति २०७५ बैशाख १६ गतेदेखि तोकिएको स्थानमा मात्र आफ्ना कार्यक्रमहरु सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ’ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस