राष्ट्रपतिसँग साउदीका राजदूतको बिदाइ भेट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपतिसँग साउदीका राजदूतको बिदाइ भेट


२ बैशाख २०७५, आइतबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थीले आज बिदाइ भेट गर्नुभयो ।

राष्ट्रपति कार्यालयमा भएको उक्त भेटमा नेपाल–साउदी अरेबिया सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो ।

त्यस अवसरमा राष्ट्रपति कार्यालय र यहाँस्थित साउदी अरेबियाली राजदूतावासका उच्च अधिकारीहरुको उपस्थिति थियो । रासस

प्रतिक्रिया दिनुहोस