इमान्दारीतापूर्वक काम नगर्ने प्रहरीलाई कारवाही गर्ने आइजीपी खनालको चेतावनी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

इमान्दारीतापूर्वक काम नगर्ने प्रहरीलाई कारवाही गर्ने आइजीपी खनालको चेतावनी


प्रशासन विशेष ब्युरो

२ बैशाख २०७५, आइतबार


काठमाडौं । प्रहरी माहानिरीक्षक सर्वेन्द्र खनाललले इमान्दारीतापूर्वक काम नगर्ने प्रहरीलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

उपत्याकाका तीनवटै जिल्लाका प्रहरी अधिकारीलाई निर्देशन दिने क्रममा महानीरिक्षक खनालले सो कुरा बताउनु भएको हो ।

खनालले शान्तिसुरक्षाको जिम्मेवारी नै संगठनको पहिलो दायित्व भएको बताउँदै राज्यले दिएको जिम्मेवारी निर्वाह नगर्ने जोकोहीलाई पनि सेवामा बस्ने अधिकार नभएको उहाँले बताउनु भयो ।

देशभरको प्रहरीको छाया नै उपत्यका र काठमाडौं प्रहरी भएको बताउँदै प्रहरीको इमान र शाख गिर्ने कुनै पनि काम नगर्न उहाँले निर्देशन दिनुभयो ।

प्रहरीकै मिलोमतोमा विभिन्न अपराध, तस्करी र गुण्डागर्दीलाई प्रश्रय दिने काम भइरहेको सन्दर्भमा विभिन्न सञ्चारमाध्यममा आइरहेका समाचारहरुलाई संकेत गर्दै खनालले भन्नुभयो, “घुस खाने, गुण्डासँग मिल्ने र दायाँबायाँ गर्ने प्रहरीलाई छाडिन्न, त्यसैले आफ्ना गलत प्रवृती त्यागौं ।”

प्रतिक्रिया दिनुहोस