Logo २१ मंसिर २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

 स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ


२ बैशाख २०७५, आइतबार


हामीले मातृ तथा नवजात शिशु (मानसी) परियोजनासँग काम गर्न लागेको केहीवर्ष भयो । म यहाँ आएको पनि १०–१२ वर्ष भयो होला, त्यतिबेला देखि यी संस्थाले स्वास्थ्यका क्षेत्रमा काम थालेका थिए ।

पहिले आमा समूह अलि निस्कृय थियो । त्यतिबेला हामीले पनि काम गरेकै थियौं । तर, उहाँहरूले समुदायस्तरमा काम थालेपछि आमा समूह एकदमै सक्रिय भयो । त्यसले यहाँका महिलालाई सक्षम समेत बनायो । आमा समूहको मिटिङ चलाउने, कोष परिचालन गर्नेमा महिला सक्षम भए ।

म यस स्वास्थ्य चौंकीमा सरुवा भएर आउँदा व्यवस्थापन समितिको मिटिङ वर्षमा एकचोटी बैठक बस्थ्यो । कुनै राष्ट्रिय कार्यक्रम भयो भने मात्रै मिटिङ बस्थ्यो । नत्र केही टुंगो थिएन ।

तर,यी संस्थाले काम गरेपछि सिस्टम बन्यो । त्यसपछि मासिक मिटिङ बस्ने तय गरियो । हरेक महिनाको ७ गते मिटिङ बस्ने निर्णय भयो । यी संस्थाले व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यलाई काम, कर्तव्य र अधिकार सम्बन्धीतालिम दिए । त्यसपछि व्यवस्थापन समिति पदाधिकारीहरू स्वतःस्फूर्तरूपमा नियमित मिटिङमा आउने र बेलाबेला हेल्थ पोस्टमा आउन थाले । त्यसपछि उहाँहरूमा जिम्मेवारी बोध महसुस भयो ।

पहिला एउटा कोठाबाट स्वास्थ्य संस्था चलाइराखेका थियौं । यसले काम गर्न निकै गाह्रो थियो । तर, तालिमपछि भने व्यवस्थापन समिति पदाधिकारीलाई मिटिङमा ताकेता गर्न अवसर पाइयो ।

यसअघि मैले काम गरेको सिविपुर स्वास्थ्य चौकीमा व्यवस्थापन राम्रो थियो । तर, यहाँ भने ठीक उल्टो पाएँ । १५ दिनमा एक दिन मात्रै हेल्थपोस्ट खुल्थ्यो । औषधीको म्याद सकिएर दराजमुनि थन्किएको थियो । दराजमा पनि मौरीले चाका पारेको थियो । महिनामा सात जना मात्रै बिरामी हुन्थे । ग्रामीण स्वास्थ्य कार्यकर्ता महिनामा एक चोटी मात्रै खोप चलाउन आउनुहुन्थ्यो । यसले गर्दा यहाँको स्वास्थ्य सेवा निकै अस्तव्यस्त थियो ।

त्यसपछि मलाई हेल्थ पोस्ट कसरी व्यवस्थित बनाउने र औषधी कसरी खर्च गर्ने भन्ने कुराले सतायो । तर, मानसी कार्यक्रम सञ्चालन गरेपछि स्वास्थ्य अवस्था सुधार हुँदै गयो । सेवा सुधार गर्न विभिन्न प्रयास गरे । जस्तै : विभिन्न सेवाको रजिस्टर बनाए । नियमित हेल्थ पोस्ट गएँ । तीन महिनापछि एक कार्यालय सहयोगीको माग गरे । नियमित रूपमा स्वास्थ्य सेवा दियौं । त्यसपछि बिरामीको चाप बढ्यो । तीन वर्षपछि मासिकाको माग गर्यौं ।

अहिले बिरामीले हेल्थ पोस्टबाट नियमित स्वास्थ्य सेवा पाइरहेका छन् । त्यसैले प्रसूति सेवा लिनेलाई पनि यही आउने अनुरोध गर्न चाहान्छु । सकेसम्म सुरक्षितरूपमा यही डेलिभरी गर्छाै । अफ्ठ्यारो तथा बढी जोखिमयुक्त केसहरुमात्रै रेफर गर्ने हो । परियोजनाको कार्यक्रमले समुदायमा स्वास्थ्य चेतनास्तर बढेको छ । कम्तीमा पनि गर्भवती महिलाले चारपटक गर्भ जाँच गराउनु पर्छ । त्यो जाँच गराउने अहिले ६८ प्रतिशत छन् । पहिला ५०/५७ प्रतित थियो । त्यसलाई सत प्रतिशत पुर्याउने लक्ष्य हो ।

जिरो होम डेलिभरीका लागि हामी काम गरिरहेका छौं । गर्भवती महिलालाईसमस्या परे स्वास्थ्य संस्था आउन अनुरोध गरेका छौं । यसका लागि तीन जना सिस्टरको फोन नम्बर दिएर पठाउँछौं । बिरामीलाई सेवा दिन चौबिसै घन्टा खुला रहन्छ । यसका लागि थप सहयोग महत्वपूर्ण छ ।

पहिला घरमै धेरै सुत्केरी हुन्थे भने अहिले लगभग त्यो अवस्था छैन । अस्पतालमा प्रसूति सेवा लिन आउने धेरै छन् । समुदायस्तरमा अझै जनचेतनामुलक काम गर्नुपर्छ । यसका लागि यी संस्थाले सहयोग गरुन् भन्ने हाम्रो अपेक्षा हो ।  अहिले व्यवस्थापन समितिलाई नियमित गराउने काम पनि भइरहेको छ । अर्को कुरा हेल्थ पोस्टमा पनि बर्थिङकालागि आवश्यक परेकाबेला उहाँहरू आइदिनुभएको छ । यसले जिरो होमडेलिभरीको लक्ष्यमा सफल बनाउने अपेक्षा छ ।  अब हामीलाई पोषण कार्यक्रममा पनि सहयोग जरुरी छ । बच्चाको पोषण स्थितिलाई सुधार गर्नुपर्ने छ । वृद्धि अनुगमनलाई हामीले १०० प्रतिशत पुर्याउनु पर्नेछ ।

यसका साथै पूर्ण खोप कार्यक्रममा पनि सहयोग चाहिएको छ । बच्चालाई खोप लगाउन छुटिरहेको छ । यद्यपी हामीले कुना काप्चामा गएर खोप कार्यक्रम त गरिरहेका छौं । जनचेतनामूलक कार्यक्रम गरेर खोपको दर बढाउन सकिन्छ । हाम्रो लक्षित सूचक हासिल गर्न पाइयो भने राष्ट्रिय सूचक हासिल गर्न सकिन्छ ।

अधिकारी बर्गलपुरकी हेल्थ असिस्टेन्ट हुन् 

र यो पनि,

गर्भवतीलाई सहज

स्वास्थ्य सचेतनाले अहिले आमा र शिशुको ज्यान जोगिएको छ

Tags :
प्रतिक्रिया दिनुहोस