प्रतिबन्धित भारतीय रुपैँयासहित दुई पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रतिबन्धित भारतीय रुपैँयासहित दुई पक्राउ


२९ चैत्र २०७४, बिहिबार


काठमाडौं । महानगरीय प्रहरी परिसरले प्रतिबन्धित ४९ लाख ३१ हजार ५०० भारतीय रुपैँयासहित दुईजनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले प्रतिबन्धित गरिसकेको ५०० र एक हजार दरका पुराना भारतीय नोटसहित मोरङका सुनिलदेव वैश्य र नुवाकोटका चेतबहादुर नेपालीलाई बुधबार दिउँसो लाजिम्पाटबाट पक्राउ गरेको हो ।

परिसरले आज पत्रकार सम्मेलन गरी ५०० का पाँच हजार ४५१ र एक हजारका दुई हजार २०६ थान रकम बरामद गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिसरका प्रमुख विश्वराज पोखरेलले प्रतिबन्धित भारतीय रुपैँया केही समयपछि साट्न खुल्ला हुने भनेर झुक्याइ साट्ने गरेको बताए ।

परिसरका प्रमुख पोखरेलले सीमावर्ती क्षेत्रबाट ठूलो परिणाममा रकम संकलन गरेर काठमाडौं आउने गरेको बताए। रासस

प्रतिक्रिया दिनुहोस