देशमा विकासको नयाँ अभियान सुरु : प्रधानमन्त्री ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

देशमा विकासको नयाँ अभियान सुरु : प्रधानमन्त्री ओली


२८ चैत्र २०७४, बुधबार


दोलखा । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकासको नयाँ अभियान सुरु भएको बताएका छन् ।

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षणपछि बुधबार आयोजना निर्माण स्थल दोलखाको गोंगरमा कर्मचारीहरुलाई निर्देशन दिने क्रममा उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आयोजनाको सुरुंग मार्ग भित्र रहेका टर्वाइन, मेन सटअफ भल्ब र अन्य भौतिक पूर्वाधारको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई आयोजनाका पदाधिकारीहरुले आयोजनाको प्रगति विबरण जानकारी गराएका थिए ।

२०६७ सालमा सुरु गरिएको यस आयोजनाबाट ४५६ मेघावाट विद्युत उत्पादन हुनेछ । २०७५ पुषबाट आंशिक रुपमा उत्पादन सुरु हुने यस अयोजनाले २०७६ बैसाखदेखि पूर्ण क्षमतामा विद्यतु उत्पादन गर्ने कर्मचारीहरुले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको छन् । आयोजनाको कुल लागत ४९ अर्ब २९ करोड रहेको छ ।

आयोजनाका कर्मचारीहरुले सडकको समस्याले निर्माण सामग्रीको आपूर्तीमा समस्या भएकोले त्यसको तत्काल मरमत गरिदिन प्रधानमन्त्री समक्ष माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस