बलात्कारीलाई फाँसीको माग गर्दै राजधानीमा प्रदर्शन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बलात्कारीलाई फाँसीको माग गर्दै राजधानीमा प्रदर्शन


प्रशासन विशेष ब्युरो

२७ चैत्र २०७४, मंगलबार


काठमाडौँ । बलात्कारीलाई फाँसीको सजाय माग गर्दै प्रदर्शन गरिएको छ ।

बलात्कारीलाई संविधानमा नै फाँसीको व्यवस्था गर्नुपर्ने माग राख्दै रक्षा नेपालले नयाँ बानेश्वरदेखि माइतीघरसम्म आज प्रदर्शन गरेको हो ।

बलात्कारीलाई फाँसी नै चाहिन्छ, ‘आफ्नो छोरी चेलीको अस्मिताको पहरेदार आफै बनौं, जस्ता नारा लेखिएका प्लेकार्डसहित उपस्थित र्यालीका सहभागीहरुले संविधान संशोधन गरेर बलात्कारीलाई फाँसीको व्यवस्था कानूनीरुपमा नै हुनुपर्ने जोडदार माग गरेका छन् ।

केही समय यता अभिभावक तथा आफन्तबाट नै बालबालिका बलात्कृत भइरहेकोले राज्यले कडा कानून ल्याउनु पर्ने रक्षा नेपालकी सावित्री सुवेदीले बताइन् । उनले भनिन् –वलात्कार जस्तो जघन्य अपराध गर्ने व्यक्ति कुनै पनि अवस्थामा उम्किनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस