भारतबाट पाँच नेपाली चेलीको उद्धार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतबाट पाँच नेपाली चेलीको उद्धार


२७ चैत्र २०७४, मंगलबार


नेपालगन्ज । भारत आगरा शहरको काश्मिरी बजारस्थित कोठीबाट पाँच नेपाली चेलीको उद्धार गरिएको छ ।

माइती नेपाल क्षेत्रीय कार्यालयका संयोजक केशव कोइरालाको नेतृत्वमा नेपालगन्जबाट गएको टोलीले भारतीय प्रहरीको सहयोगमा सो कोठीमा छापा मारी १७ देखि २२ वर्ष उमेर समूहका पाँच नेपाली र चार भारतीय युवतीको उद्धार गरिएको हो ।

उद्धार गरिएका नेपाली र भारतीय चेलीलाई अहिले आगराकै नारी निकेतन संस्थामा राखिएको छ ।

‘अहिले मुद्दा प्रक्रिया शुरु भएकाले उद्धार गरिएका चेलीलाई नेपाल ल्याउन नसकिएको हो’ क्षेत्रीय संयोजक कोइरालाले मंगलबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा भने ।

कोठीबाट उद्धार गरिएका नेपाली सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर र धादिङ जिल्लाको भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस