तीन महिनामा ५४ हजार नागरिक विस्थापित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

तीन महिनामा ५४ हजार नागरिक विस्थापित


२० चैत्र २०७४, मंगलबार


अफगानिस्तान । सन् २०१८ शुरुभए पछि तीन महिनाको अवधिमा अफगानिस्तानमा ५४ हजारभन्दा बढी नागरिक द्वन्द्वका कारण विस्थापित भएका अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घ मानवीय मामिला हेर्ने कार्यालयले मङ्गलबार जनाएको छ ।

उक्त कार्यालयको विस्थापित नागरिकको खोज कार्यक्रमका अनुसार द्वन्द्वग्रस्त अफगानिस्तानमा युद्धले थप आक्रामक रूप लिँदा ठूलो सङ्ख्यामा नागरिक आन्तरिक तथा बाह्य रूपमा विस्थापित बनेका हुन् ।

प्राप्त तथ्याङ्कमा भनिएको छ, ‘अफगानिस्तानमा सन् २०१८ को जनवरी, फेब्रुवरी र मार्च महिनामा ५४ हजार ६३ नागरिक भएका छन् ।’

विस्थापितहरूको सङ्ख्या कुन्दुज प्रान्तमा १३ हजार ६१५ ताखरमा पाँच हजार ७४० रहेको छ । अफगानिस्तानको राजधानी समेत रहेको काबुल प्रान्तमा एक हजार २०० नागरिक लोगार, नानगाहर, जाज्वान र पर्याव प्रान्तबाट विस्थापित भै आएका तथ्याङ्का राष्ट्रसंघको स्थानीय कार्यालयले जनाएको छ ।

त्यसैगरी फाराह प्रान्तको राजधानी शहर फारहामा ८०० जना आएका र विस्थापित बनेका बाँकी नागरिक मध्य, दक्षिण र पूर्वी क्षेत्रमा शरण लिई बस्दै आएका जनाइएको छ । विस्थापितको सङ्ख्या क्रमशः बढ्दै गएपछि राष्ट्रसंघको स्थानीय कार्यालयले चासो व्यक्त गरेको हो ।

सन् २००१ पछि अफगानिस्तानमा करिब १० लाख नागरिकले द्वन्द्व र द्वन्द्वका कारण आएको गरीबी सामना गर्न नसक्दा शरणार्थीका रूपमा सुरक्षितस्थलतर्फ पलायन भएका हुन । विस्थापितमध्ये झण्डै आधा जनङ्ख्या अर्थात् चार लाख ४५ हजार नागरिक सन् २०१७ मा मात्रै आफ्नो घरबास छोडी शरणार्थीका रूपमा देश तथा विदेशका विभिन्न स्थानमा पुगेका शरणार्थी मामिला हेर्ने राष्ट्रसंघको स्थानीय कार्यालयले बताएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस