ठमेलमा ट्राफिक प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ठमेलमा ट्राफिक प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ


२० चैत्र २०७४, मंगलबार


काठमाडौं । काठमाडौं–२६, ठमेलमा आइतबार राति ड्यूटीमा रहेका ट्राफिक प्रहरी जवान राहुल सिंह माथि हातपात गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा करिस प्रधान, सज्जन भण्डारी र ऋद्धिन्द्र गिरी रहेका छन् ।

तीब्र गतिमा आइरहेको बा १५ च ८९४४ नम्बरको निजी कार सवारी निषेधित क्षेत्रमा जबरजस्ती प्रवेश गरेपछि पिछा गर्दै जाँदा उक्त कारलाई ठमेलस्थित सातघुम्ति चोकमा नियन्त्रणमा लियर कारको कागजात माग्दा कागजात नदिइ प्रहरीमाथि हातपात गरेका थिए । उनीहरुले सिंहलाई अश्लिल शब्द प्रयोग गरी गाली गर्नुका साथै धाकधम्की र हातपात गर्ने करिस गरेको प्रहरीको आरोप छ ।

नीहरुले प्रहरीलाई करेन्ट लगाऔं भन्दै सडक किनारमा लत्रिएको विजुलीको तारले सिंहको शरीरमा घोचेका थिए । उनीहरुले मादक पदार्थ सेवन गरेको बताइएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त, लैनचौरले पक्राउ गरेर सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस