कोलम्बो प्लानका लैंगिक सम्पर्क बिन्दुको तेस्रो सम्मेलन शुरु « प्रशासन
Logo १२ आश्विन २०७८, मंगलबार
   

कोलम्बो प्लानका लैंगिक सम्पर्क बिन्दुको तेस्रो सम्मेलन शुरु


१९ चैत्र २०७४, सोमबार


काठमाडौं । ‘कोलम्बो प्लानका लैंगिक सम्पर्क बिन्दुको तेस्रो सम्मेलन’ काठमाडौंमा शुरु भएको छ ।

नेपालसहित भारत, मलेसिया, जापान, दक्षिण कोरिया, थाइल्याण्ड र बंगलादेशसहित १८ देशका ३६ जना सहभागी सो सम्मेलन तीन दिनसम्म चल्नेछ ।

सम्मेलनको उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले समयको अन्तरालसँगै शिक्षा, स्वास्थ्य, आयआर्जन र जीवनस्तरलगायतका पक्षमा नेपाली महिलाको अवस्थामा थुपै्र सकारात्मक परिवर्तन आएको बताए ।

‘राज्यको नेतृत्व तहमा महिलाको उपस्थिति उत्साहप्रद छ, सर्वोत्तम सम्मानित पदको जिम्मेवारीसमेत महिलाबाट बहन गरी विश्वकै निम्ति उदाहरणीय बन्नु हाम्रा लागि गर्वको विषय बनेको छ,’ मन्त्री थापाले भने ।

मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले विश्वका महिलाले भोगिरहेका साझा समस्यालाई सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिए।

संघीय गणतन्त्रात्मक नेपालको तीनै तहको निर्वाचन सम्पन्न भई स्थानीय तहमा ४१ प्रतिशत, प्रदेशसभामा ३४ प्रतिशत र संघीय व्यवस्थापिकामा ३४.५ प्रतिशत स्थान महिलाले पाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस