संघीय संसदको पहिलो ऐतिहासिक बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारी « प्रशासन
Logo १९ असार २०७९, आइतबार
   

संघीय संसदको पहिलो ऐतिहासिक बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारी


१५ चैत्र २०७४, बिहिबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदलाई सम्बोधन गर्दैछिन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् ।

संविधानको धारा ९५ को दफा (२) मा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था अनुशार चैत १२ को मन्त्रिपरिषद् बैठकले सम्बोधनका लागि राष्ट्रपति भण्डारीलाई आग्रह गरेको थियो । सोही अनुशार राष्ट्रपतिले आज संघीय संसदका सदस्यहरुलाई संयुक्त सम्बोधन गर्न लागेकी हुन् ।

सम्बोधनको कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिव, कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।

संघीय संसद् सचिवालयका अनुशार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुवै सदनको संयुक्त बैठक संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस