अनियमित नापतौल गर्ने दुई हजार कारवाहीमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अनियमित नापतौल गर्ने दुई हजार कारवाहीमा


११ चैत्र २०७४, आइतबार


काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्ने दुई हजार १३६ व्यापारीलाई कारवाही गरेको छ ।

कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा अनियमित रुपमा नापतौल गर्दै आएका व्यापारीलाई कारवाही गरेको कार्यालयका प्रमुख शशिभूषण यादवले जानकारी दिए ।

कार्यालयबाट चालु आवमा एक हजार १५६ व्यवसायीले नयाँ अनुमतिपत्र र ४२ व्यवसायीले इजाजतपत्र लिएका छन् । यस्तै चार हजार ४३० व्यवसायीले नाप्ने तौलने यन्त्रको जाँच, ३४० पेट्रोलपम्प जाँच र १६ पेट्रोलियम ढुवानी ट्याङ्कर जाँच गरिएको छ । कार्यालयले चालू आवमा करीव एक करोड ८६ हजार राजश्व संकलनसमेत गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस