ब्लास एकेडेमी टिम च्याम्पियन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ब्लास एकेडेमी टिम च्याम्पियन


५ चैत्र २०७४, सोमबार


काठमाडौं । ब्लास एकेडेमी ईन्द्रसरोबर कप प्रथम गाउँपालिका अफिसियल कराते प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ । ब्लासले ६ स्वर्ण, ६ रजत र ३ कास्यका साथ उपाधी उचालेको हो ।

दोश्रो भएको अनन्त योग स्कुलले ४ स्वर्ण, ६ रजत र ६ कास्य प्राप्त ग¥यो । आयोजक चौकोट देवी डोजोले ४ स्वर्ण, २ रजत र ५ कास्यका साथ तेश्रो स्थान प्राप्त गरेको कार्यक्रम संयोजक रश्मि ओजस्वीले बताइन् ।

मकवानपुरको ईन्द्रसरोवरमा आयोजना भएको प्रतियोगितामा कुमिते तर्फ पुरुषमा पुष्पराज नेगी र महिला तर्फ अन्जली महर्जन तथा काता तर्फ पुरुषमा सुदेश वास्तोला र महिला तर्फ गीता सुनुवार उत्कृष्ट खेलाडी चुनिए । यस्तै प्रतियोगिताको उदियमान खेलाडीमा भूमी थापा मगर र ईसान सापकोटा घोषित भए ।

प्रतियोगितामा काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, सर्लाही, दोलखा लगायत विभिन्न डोजोका सोतोकान (एसकेडियुएन), सितोरियो, वादोकाई करातेसँग सम्वन्धित १०० पुरुष र ८० महिला खेलाडीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस