२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी गाडीको दुरूपयोग : सचिवहरु रातै प्लेटमा

अ+ अ-

काठमाडौं । अधिकांश सचिवले सरकारबाट सुविधास्वरूप पाएको सवारीसाधनको सेतो (सरकारी) नम्बर प्लेट फेरेर रातो ९निजी० बनाउन गृह मन्त्रालयमाथि दबाब दिन थालेका छन्।

परराष्ट्र सचिव शंकरदास वैरागीले आफूले प्रयोग गरिरहेको सरकारी गाडीको रातो प्लेटको समय ६ महिना बढाउन गृहमन्त्री रामबहादुर थापाको सचिवालयको शक्ति प्रयोग गर्दै दबाब दिएका छन्। सचिव वैरागीले गृहमन्त्री थापाको स्वकीय सचिवालयमार्फत छिटोभन्दा छिटो रातो प्लेटको आफ्नो गाडीको म्याद थप्न गृहको आन्तरिक व्यवस्थापन शाखामाथि तीव्र दबाब दिन थालेको गृहले जानकारी दिएको छ। परराष्ट्र सचिव वैरागी सरकारले सुविधास्वरूप दिएको गाडीको नम्बर बा १५ च ७११ नम्बरको रातो प्लेट बनाएर चढिरहेका छन्। नियमअनुसार उनको सरकारी गाडीमा बा २ झ २२७ नम्बरको सेतो प्लेट हुनु पर्नेमा फेरेर रातो प्लेट बनाएर प्रयोग गरिरहेका छन्।

वैरागीले चढिरहेको गाडीको रातो (निजी) प्लेटको अवधि गत पुसमा सकिएपछि उनले रातो प्लेटको अवधि ६ महिना थप्न माग गर्दै गृहमा गत माघको पहिलो साता नै पत्र पठाएका थिए। गृहले उनको पत्र त्यसै थन्क्याएको थियो। अहिले उनले गृहमन्त्री थापाको सचिवालयमार्फत आन्तरिक व्यवस्थापन शाखामाथि बारम्बार दबाब दिइरहेको गृहस्रोतले बताएको छ।

गृहका अनुसार मंगलबार गृहमन्त्रीको स्वकीय सचिवालयका एक सदस्यले शाखामा नै गएर परराष्ट्र सचिवको रातो प्लेटको म्याद थप किन नगरेको भन्दै सोधखोज गरेका थिए।

आन्तरिक व्यवस्थापन शाखाका उपसचिव यदुनाथ पौडेलले परराष्ट्र सचिवलगायत २० जनाभन्दा धेरै अधिकारीको रातो प्लेट कायम गर्न माग गर्दै पत्र प्राप्त भए पनि अनुमति नदिइएको जानकारी दिए। उनले गृहमन्त्रीको सचिवालयमार्फत परराष्ट्र सचिवको गाडीबारे के भएको हो भनेर सामान्य जानकारी लिइएको र कुनै दबाब नआएको जानकारी दिए।

गृहमन्त्रीका निजी सचिव डिजन भट्टराईले सेतो प्लेट रातोमा फेर्नेबारे मन्त्रीको सचिवालयका कुनै पनि कर्मचारीको सहमति नरहेको बताए। सेतो प्लेट किन रातो किन बनाइयो भनेर अब छानबिन र यो प्रवृत्ति निरुत्साहित गर्न आवश्यक भएको उनको भनाइ थियो।

गृहका अनुसार प्रायःजसो सबै सचिवले सरकारले सुविधामा दिएको सेतो प्लेटको गाडीमा फेरेर रातो प्लेट प्रयोग गरिरहेका छन्। यसरी रातो प्लेट प्रयोग गर्नेमा लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाई, आपूर्ति मन्त्रालयका सचिव अनिलकुमार ठाकुर, सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव मणिराम ओझा, अर्थ मन्त्रालयका सचिव शंकर अधिकारी र शिशिर ढुंगाना, राष्ट्रिय योजना आयोगका सचिव विष्णुप्रसाद लम्साल, निर्वाचन आयोगका सबै आयुक्त एवं सचिव वेगेन्द्रराज शर्मा पौड्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू प्रेमकुमार राई, महेन्द्रमान गुरुङ, राजीव गौतम, खगराज बराल, बुद्धिबहादुर खड्का, वन मन्त्रालयका सचिव युवकध्वज जिसी, जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमा, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपाने, सामान्य प्रशासन मन्त्रालयका सचिव शंकरप्रसाद कोइराला, स्वास्थ्य मन्त्रालयका सचिव डा।पुष्पा चौधरी लगायतले सरकारी सेतो प्लेट फेरेर रातो प्लेट बनाएर गाडी प्रयोग गरिरहेका छन्।

गृहका अनुसार अर्थ मन्त्रालयका विभिन्न निकायका सहसचिवहरू, वन मन्त्रालयका सहसचिव तथा महानिर्देशकहरू, भौतिक पूर्वाधार मन्त्रालय, गृहकै सहसचिवहरू समेत सेतो प्लेट फेरेर रातो बनाएर गाडी चढिरहेका छन्। सेतो प्लेटलाई रातोमा परिवर्तन गरेपछि व्यक्तिगत र घरायसीलगायत सबै काममा सवारीसाधन प्रयोग गर्न पाइने र सार्वजनिक बिदाका दिन समेत सरकारी गाडीमा घुमघाम गर्न जान पाइने भएकाले नम्बर प्लेट रातो बनाउने गरेको गृहले जानकारी दिएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments