एमालेले राष्ट्रिय सभा अध्यक्षको टुंगो आज लगाउने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमालेले राष्ट्रिय सभा अध्यक्षको टुंगो आज लगाउने


२८ फाल्गुन २०७४, सोमबार


काठमाडौं । एमालेले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार सोमबार टुंग्याउने भएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारबारे निर्णय गर्न सोमबार बिहान स्थायी कमिटी बैठक बोलाइएको छ ।

‘आज (आइतबार) प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने भएकाले प्रर्याप्त छलफल गर्न पाएनौँ ।’ भट्टराईले नयाँ पत्रिकासँग भने, ‘सोमबार बिहान मनोनयन दर्ता हुनुअघि स्थायी कमिटी बैठकले निर्णय गर्छ ।’

सोमबार नै बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको छ । पर्शु मेघी गुरुङ र गणेशप्रसाद तिमिल्सेनाले अध्यक्षको दाबी गरेका छन् । दुवै नेताले तीव्र लबिङ गरिरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस