धानले घटायो आर्थिक वृद्धिदरको लक्ष्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धानले घटायो आर्थिक वृद्धिदरको लक्ष्य


२४ फाल्गुन २०७४, बिहिबार


काठमाडौं । चालु आर्थिक वर्ष धान उत्पादन घटेका कारण सरकारी अपेक्षाअनुसार आर्थिक वृद्धि नहुने भएको छ। सरकारले चालू आवको बजेटमा यो वर्ष ७.२ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। अर्थ मन्त्रालयले बुधबार चालु आवको जेटको अर्धवार्षिक समीक्षा गर्दै आर्थिक वृद्धिदर ६ प्रतिशतले हुने जनाएको छ।

चालु आवमा धान उत्पादन १.५ प्रतिशतले घट्ने अर्थ मन्त्रालयले जनाएको छ। चालु आवको पहिलो ६ महिनामा औद्योगिक क्षमता उपयोगमा विस्तार भएको छ। पुनर्निर्माणले गति लिएको छ। पर्यटन आगमनमा उत्साहजनक बढोत्तरी हुँदा उद्योग तथा सेवा क्षेत्र राम्रो हुँदै गएको छ। उद्योग र सेवा क्षेत्रमा देखिएका यस्ता सकारात्मक सूचकांकले कृषि उत्पादनमा आएको कमीलाई थेग्न सकेनन्।

चालु आवको सुरु अर्थात् गत साउनमा आएको भिषण बाढीका कारण वर्षेबाली उत्पादनमा कमी आयो। वर्षले कतिपय क्षेत्रमा लगाएको धान नष्ट गर्यो। यसको असर आर्थिक वृद्धिमा परेको मन्त्रालयको दाबी छ। समीक्षा कार्यक्रममा मन्त्रालयका अर्थसचिव शंकरप्रसाद अधिकारीले धान उत्पादन घटेका कारण आर्थिक वृद्धिदर प्रभावित भएको बताए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस