२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वराष्ट्रपतिलाई सुविधै सुविधा : ४० लाखको अर्को गाडी किनिँदै

अ+ अ-

काठमाडौं । सरकारले पूर्वराष्ट्रपति डा। रामवरण यादवका लागि ४० लाखमा अर्को नयाँ गाडी किन्ने गृहकार्य अघि बढाएको छ। राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति यादवलाई एउटा नयाँ गाडी यसअघि नै उपलब्ध गराएको थियो। तर, उनलाई पुनः अर्को गाडी आवश्यक परेको भन्दै गृह मन्त्रालयले ४० लाखमा स्कोरपियो गाडी खरिद प्रक्रिया अघि बढाएको हो। अब पूर्वराष्ट्रपति यादवले दुईवटा गाडी प्रयोग गर्ने भएका छन्।

गृह मन्त्रालय सवारी शाखाका उपसचिव यदुनाथ पौडेलले सरकारले पूर्वराष्ट्रपति यादवलाई थप अर्को एक गाडी दिने निर्णय गरेकाले उनका लागि गाडी खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

पौडेलका अनुसार पूर्वराष्ट्रपतिका लागि थप गाडी किन्न अर्थ मन्त्रालयले ४० लाख रुपैयाँ गृह मन्त्रालयलाई निकासा गरिसकेको छ र रकम प्राप्त भई खरिद प्रक्रिया सुरु भइसकेको छ। सरकारले केही समयअघि मात्रै पूर्वराष्ट्रपति यादवको घर भाडा वृद्धि गर्ने निर्णय गरेको थियो। घरभाडाबापत बढीमा दुई लाखसम्म दिन सकिने निर्णय सरकारले गरेको थियो तर पूर्वराष्ट्रपति यादवलाई घर भाडाबापत ६० हजार रुपैयाँ दिने गरिएको छ।

सरकारले पूर्वराष्ट्रपति यादवलाई मासिक ५० हजार भत्ता दिँदै आएको छ भने सवारीसाधन मर्मत सम्भारबापत मासिक २५ हजार दिँदै आएको छ। यसैगरी, उनलाई मन्त्रीसरह इन्धन सुविधा दिने गरिएको छ भने निजी सचिवालयमा उपसचिवस्तरको एक कर्मचारी र कार्यालय सहयोगी राख्दै उनीहरूलाई तलब खुवाउँदै आएको छ। यसैगरी, यादवलाई पत्रपत्रिकाबापत मासिक ३ हजार दिइने गरेको छ भने खानेपानी, टेलिफोन, इन्टरनेट र बिजुलीको पैसा बिलअनुसार सरकारले नै भुक्तानी दिने गरेको छ। कार्यालयका लागि एउटा मोटरसाइकल पनि दिइने भएको छ।

पूर्वराष्ट्रपतिका निजी सचिव किरण पन्थीले पूर्वराष्ट्रपतिको कार्यक्रमलाई सहज बनाउन अर्को एक गाडी माग गरिएको र सोअनुसार सरकारले गाडी दिने निर्णय गरेको बताए। पूर्वराष्ट्रपतिका अतिथि र पाहुना आउँदा कतिपय अवस्थामा ल्याउन र पुर्याउन जानुपर्ने अवस्था भएकाले अर्को गाडी आवश्यक परेको यादवका निजी सचिव पन्थीले जानकारी दिए। कहिलेकाहीँ निजी सचिवालयले पनि पूर्वराष्ट्रपतिका विभिन्न कार्य गर्नुपर्ने भएकाले सचिवालयका लागि पनि गाडी आवश्यक पर्नु स्वाभाविक भएको पन्थीले बताए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments