२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश ५ : मुख्यमन्त्री नियुक्तिको तयारी

अ+ अ-

बुटवल । वाम गठबन्धनले सरकार गठनको तयारी थालेको छ । सम्भवतस् आइतबार एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा औपचारिक पत्र दर्ता गरिनेछ । ‘सम्भव भए आइतबार नभए सोमबारसम्म मन्त्रिपरिषद् गठन गर्ने तयारी छ,’ एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले भने, ‘सुरुमा तीन सदस्यीय सरकार गठन हुन्छ ।’

सरकार गठनको तयारीका लागि शुक्रबारदेखि एमाले प्रदेश इन्चार्ज विष्णु पौडेल र संसदीय दलका नेता पोखरेललगायत छलफलमा जुटेका थिए । उनीहरूले मन्त्रिपरिषद्मा लाने सदस्यको नाम टुंगाएका छन् । माओवादीसित औपचारिक छलफल नहुँदासम्म नाम सार्वजनिक नगर्ने प्रदेश संयोजक तथा एमाले उपमहासचिव पौडेलले बताए । ‘भूगोल, समुदाय र अनुभव तीनै चिजको सम्मिश्रणमा सरकार गठन हुनेछ,’ उनले भने, ‘सबैको सहमतिमा नमुना सरकार बनाउने प्रयासमा छौं ।’

दुई दलबीचको औपचारिक छलफल र निर्णयका लागि माओवादी केन्द्रका प्रदेश इन्चार्ज वर्षमान पुन र नेता टोपबहादुर रायमाझी आइतबार बिहानै बुटवल आउँदैछन् । अर्का नेता चन्द्रप्रकाश खनाल बुटवलमै छन् । एमालेको तयारीसँगै माओवादी केन्द्रले पनि आइतबारको बैठकबाट संसदीय दलको नेतामा कुलप्रसाद केसीलाई चयन गर्ने औपचारिक निर्णय गर्दैछ ।

पहिलो चरणमा मुख्यमन्त्रीसँगै एमालेबाट नवलपरासीका बैजनाथ चौधरी सरकारमा जाने टुंगो जस्तै छ । माओवादीबाट रुकुमका पूर्णबहादुर घर्ती मन्त्रीमा र सभामुखमा गुल्मीका सुदर्शन बराललाई पठाउने तयारी भइरहेको एकनेताले बताए ।

माओवादी पोलिटब्युरो सदस्य दधिराम न्यौपानले भने केन्द्रीय नेताहरूबीच भएको सहमति आफूहरूसम्म नआएको बताए । ‘एमाले नेताले सुरुमा मुख्यमन्त्रीको नियुक्ति टुंग्याएपछि मन्त्रीका बारेमा छलफल गरौं भन्नु भएको छ,’ उनले भने, ‘सम्भवतः त्यतिबेलासम्म हाम्रो पनि टुंगो हुन्छ ।’

माओवादीको संसदीय दलको नेताका लागि सिफारिस भएका केसी आपैंm पनि आकांक्षी देखिएपछि मन्त्रीको नाम टुंगो लगाउनसकस परेको छ । माओवादीमा दधिराम न्यौपाने, दामा शर्मा, कृष्ण केसी पनि आकांक्षी छन् ।

एमालेमा पनि मन्त्रीका आकांक्षी धेरै छन् । कपिलवस्तुका विष्णु पन्थी, गुल्मीका कमलराज श्रेष्ठ, रूपन्देहीका लीला गिरी, बाँकेकी आरती पौडेल र रुकुमकी आशा स्वर्णकार मन्त्रीको आकांक्षी हुन् । एमाले बढीमा ९ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारीमा छ । सहयात्री माओवादीले ११ सम्म बनाउन प्रस्ताव गरेको छ । स्रोतका अनुसार माओवादीसँगको छलफलमा एमाले नेता पौडेलले ७०/३० कै अवधारणामा मन्त्रालय बाँडफाँटको प्रस्ताव गरेका छन् । तर माओवादीले सुरुमै ९ सदस्यीय मन्त्रिमण्डल बनाएर आफूले ४ मन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments