प्रदेश प्रमुखको शपथग्रहण आज « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश प्रमुखको शपथग्रहण आज


५ माघ २०७४, शुक्रबार


काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरुले आज पद तथा गोपनीयताको शपथग्रहण लिने भएका छन् ।

सरकारको नियुक्त गरेका प्रदेश प्रमुखलाई राष्ट्रपतिले पद तथा गोपनियताको शपथ गराउने संवैधानिक व्यवस्था छ । सोही अनुरुप राष्ट्रपति भण्डारीले शपथग्रहण गराउन लागेकी हुन् ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार अपराह्न ४ बजे शपथको तयारी गरिएको छ। सरकारले बुधबार सात प्रदेशको अस्थायी राजधानी तोक्दै प्रदेश प्रमुख सिफारिस गरेको थियो ।

सरकारले दुई दिन अगाडी भागवण्डाका आधारमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस