यौनलाई मात्र किन उचाल्ने ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

यौनलाई मात्र किन उचाल्ने ?


२९ पुस २०७४, शनिबार


यौंनलाई समाजले कुण्ठाको विषय बनाएको छ । यौंनको विषयमा खुलेर कुरा गर्ने कमै भेटिन्छन् किनकी यौंनलाई संकुचित रूपमा बुझिन्छ । तर साहित्यकार अनुपम रोशीले यो संक्रिणतालाई चिर्दै यौंनको फराकिलो परिभाषा गर्न खोजेकी छन् । यौन मनोविज्ञानलाई मुख्य विषयवस्तु बनायर साहित्य सिर्जना गर्दै आएकी रोशीले ‘कुमारी आमा’, ‘नांगो मान्छे’, ‘कालो छाया’ जस्ता उपन्यास यौंन विश्लेषणात्मक उपन्यास बजारमा ल्याइसकेकी छन् ।

उनले भरखरै प्रेम र यौन मनोविज्ञानलाई नै समेटेर अर्को ‘मध्यान्तर’ कथा संग्रह बजारमा ल्यायकी छन् । बुधबार मात्रै वरिष्ठ कथाकार माया ठकुरी, लेखक युग पाठक, समालोचक रजनी ढकाल र केशव सिग्देल लगायतले लोकार्पण गरेको ‘मध्यान्तर’ को पेरिफेरीमा रहेर प्रशासन डटकमका लागि अनुप रोशीसँग यज्ञराज जोशीले गरेको कुराकानी । 

मध्यान्तर बजारमा ल्याउनुभएको छ, मध्यान्तरको जन्म कसरी भयो ?
मध्यान्तर, हाम्रै वरपरका घटनाक्रमहरूको कथा हो । सामाजिक रुपमा होस् या राजनीतिक रुपमा घटित कुनै पनि घटना मध्यान्तरका कथा हुन सक्छन् ।

पाठकले किन पढ्ने मध्यान्तर ? कस्तो कथा छ मध्यान्तर भित्र ?
अहिले जैविक मनोविज्ञानलाई अलिकति भए पनि बुझ्नका लागि मध्यान्तर पढ्न सकिन्छ । जसमा थुप्रै रहस्यहरु उद्घाटित हुन्छन् ।

यौन मनोविज्ञानलाई तपाइले आफ्नो कथाको विषयबस्तु बनाउनुको कारण के हो ?
यौन मनोविज्ञान कथाको विषयबस्तु होइन । कथाको विषयबस्तुमा यौनमनोविज्ञान पनि समावेश भएको हो.. । जसरी मानिसको जीवनमा यौन समावेश छ ।

बिहिवार पुस्तक विमोचन समारोहमा समालोचकहरूले यौन र मानवीयसंवेदनालाई समेटेर कथाहरू लेखे पनि अश्लीलतालाई टाढा राख्न रोशी सफल रहेको प्रतिक्रिया दिएका थिए ? के तपाई यो कुुरामा सहमत हुनुहुन्छ ?
के बुझ्न जरुरी छ भने, पहिलो कुरा त यौन र अश्लीलता बिलकुल फरक कुरा हुन् । दोस्रो यौनलाई मात्र किन यसरी उचाल्ने ?

उपन्यास लेख्ने मान्छे कथा लेख्नुपर्छ भन्ने सोच कसरी आयो ?
उपन्यास र कथाको बनोट उस्तै उस्तै हुन्छ । कथा छोटो हुन्छ भने उपन्यास लामो । त्यसैले उपन्यास लेख्ने लेखकले कथा पनि लेखि रहेकै हुन्छ ।

मध्यान्तर लेख्दाको कुनै रोचक अनुभव छ कि ?
हो, केही कथाहरू लेखेपछि मेरा आँखा आसुले भिजेक थिए ।

मध्यान्तरले लोकप्रियता पाउनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
कथाहरु भिन्न छन् । मध्यान्तर भित्रका सबै कथाहरूले फरक फरक दुनियाँको रहस्यमय यात्रा गराउँछन् । त्यस कारण पनि पाठकहरुलाई मध्यान्तरको यात्रा मन पर्ने छ भन्ने कुरामा म विश्वस्त छु ।

कथा लेख्न सजिलो की उपन्यास ?
मुड नबन्दासम्म त लेख्न जे पनि गारो कुरा हो । तर कथा संग्रहलाई धेरै विषयवस्तु चाहिने हुँदा, कथा लेख्न त्यति सजिलो छैन ।

बढी आत्मसन्तुष्टि के लेख्दा प्राप्त हुँदो रहेछ ?
लेख्न सक्नुपर्छ । जे लेख्दा पनि सन्तुष्ट होइन्छ ।

पुस्तक बिमोचनपछि कस्तो प्रतिकृया पाइरहनु भएको छ ?
पुस्तक पढे जतिले असाध्यै मन परेको कुरा सुनाइरहनु भएको छ । म उत्साहित छु ।

यहाँका भावी योजना के छन् ?
लेख्ने नै छ । अब उपन्यासको काम गर्नु छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
मध्यान्तर पढ्नु भएको छ भने कृपया प्रतिकृया दिन न बिर्सनु होला, जसले मलाई सच्चिने मौका दिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस