स्वेच्छिक अवकाश लिने कर्मचारीलाई दुई किस्तामा रकम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वेच्छिक अवकाश लिने कर्मचारीलाई दुई किस्तामा रकम


२५ पुस २०७४, मंगलबार


काठमाडौं । कर्मचारी समायोजन ऐन बमोजिम सेवा अवधि पुगेका निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा दुई किस्तामा रकम प्राप्त गर्ने भएका छन् ।

अर्थ मन्त्रालयले एकै पटक रकम दिन नसक्ने जनाउँदै दुई किस्तामा रकम दिन सक्ने व्यहोराको सहमतिपत्र आइतबार सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ । सबै कर्मचारीले एकै पटक अवकाश लिएमा ४० देखि ५० अर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै अर्थ मन्त्रालयले दुई किस्तामा रकम दिने सहमति जनाएको हो । समान्य प्रशासन मन्त्रालयले अर्थमन्त्रालयसँग सहमतिका लागि पत्र पठाएको दुई सातापछि आइतबार अर्थले सहमति दिएको छ ।

स्वेच्छिक अवकाश लिने कर्मचारीलाई चालु आर्थिक वर्षको अन्तिममा एक तिहाई र बाँकी दुई तिहाई रकम आउँदो आर्थिक वर्षको पहिलो चौमासिकमा दिने सहमति अर्थ मन्त्रालयले दिएको छ । कर्मचारी समायोजन ऐनको प्रावधान बमोजिम २० वर्ष सेवा अवधि पुगेका र ५० वर्ष उमेर पूरा भएका कर्मचारीले स्वेच्छिक अवकाश लिन पाउनेछन् । ऐनको प्रावधान बमोजिम स्वेच्छिक अवकाश लिन पाउने कर्मचारीको संख्या २२ हजार रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस