स्वास्थ्य सचिवमा चौधरी नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य सचिवमा चौधरी नियुक्त


१३ पुस २०७४, बिहिबार


काठमाडौं । सरकारले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले डा. चौधरीलाई सचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए ।

यसअघि स्वास्थ्य सचिव रहेका डा. किरण रेग्मीले मंसिर १८ मै अनिवार्य अवकाश पाउँदा उक्त पद रिक्त थियो । निमित्त सचिवको जिम्मेवारी सम्हाल्दै आएकी चौधरीलाई मन्त्रिपरिषद् बैठकले सचिवमा नियुक्ति गरेको मन्त्री बस्नेतले बताए ।

स्वास्थ्य सचिवका लागि चौधरीसँगै प्रमुख विशेषज्ञद्धय डा. विनोदमान श्रेष्ठ तथा डा. सुशीलनाथ प्याकुरेल पनि दाबेदार थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस