वाम गठबन्धनः सरकार गठन र एकता सँगसँगै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वाम गठबन्धनः सरकार गठन र एकता सँगसँगै


१२ पुस २०७४, बुधबार


काठमाडौं । एमाले र माओवादीबीच जारी गतिरोध अन्त्य र सरकार निर्माण प्रक्रियालाई तीव्रता दिनेगरी दुईदलीय वार्ता अघि बढ्ने भएको छ । दुवै दलका अध्यक्षबीच बुधबार बिहान हुने छलफलमा पार्टी एकता र सरकार गठनको विषयमा सँगसँगै छलफल हुने भएको छ।

बिहान नौ बजे सुरुमा दुवै अध्यक्षबीच मात्रै र त्यसपछि एमाले र माओवादीका दोस्रो तहका नेताबीच वार्ता हुने दुवै दलले जनाएका छन् । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पहिले दुवै दलका अध्यक्ष र त्यसपछि दुवै दलका दोस्रो तहका नेताबीच छलफल अघि बढ्ने बताए । ‘अहिलेसम्म विषयहरुमा गम्भीर रुपमा छलफल सुरु भएको छैन । केही बिग्रेको पनि छैन । दुवै नेताहरु निरन्तर सम्पर्कमै हुनुहुन्छ,’ श्रेष्ठले भने, ‘राजनीतिक गतिरोध अन्त्य र नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने विषयमा छलफल हुनेछ । पार्टी एकताको विषयमा पनि छलफल हुनेछ ।’

शुक्रबार चितवनतर्फ लागेका दाहाल मंगलबार अपराह्न राजधानी फर्किएका छन् । पार्टी एकतासहितका विषयमा दुवै दलबीच विवाद नभएको दाबी गर्दै एमाले सचिव प्रदीप ज्ञवालीले विषयलाई नियोजित रुपमा प्रस्तुत गरिएको बताए ।

‘दुवै अध्यक्षबीच निरन्तर रुपमा सम्पर्क हुँदै आएको छ । कुनै प्रकारको विषयमा कुनै समस्या पनि छैन,’ एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘विषयलाई नियोजित रुपमा प्रस्तुत गरिएको छैन । एकता र सरकार निर्माणको विषयमा कुनै समस्या छैन ।’

चुनावलगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु गर्ने भने पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच दुईपटक मात्रै औपचारिक वार्ता भएका छन् । दुवै नेताले संयुक्त पत्रकार सम्मेलन आयोजना गरी सरकार गठनका लागि कांग्रेसलाई बाटो खोल्न आग्रह गर्नुका साथै पार्टी एकीकरणमा विषयमा उठेका जिज्ञासा मेटाउने कोसिस गरेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस