मतदातामा निर्वाचनको उत्साह (फोटो फिचर) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मतदातामा निर्वाचनको उत्साह (फोटो फिचर)


२१ मंसिर २०७४, बिहिबार


काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको आज दोस्रो चरणको निर्वाचन उत्साहका साथ हुँदैछ । पहिलो चरणको निर्वाचन यही मंसिर १० गते ३२ जिल्लामा भएको थियो भने आज भइरहेको दोस्रो चरणको निर्वाचन ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा हुँदैछ ।

युवादेखि वृद्ध उमेर समुहका मतदाताहरु मतदानस्थलमा उत्साहका साथ पुगेका छन् ।

बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने छ । बिहानैदेखि बिभिन्न मतदान केन्द्र पुरेर मतदाता मतदान गर्न आतुर देखिएका छन् ।

विभिन्न समुदाय एवं उमेर समूहका मतदाताहरुको उत्साहजनक उपस्थिति हेर्दादेखि मतदानको प्रतिशत पहिलो चरणमा भन्दा बढ्न सक्ने अनुमान लगाउन सकिन्छ ।

हेर्नुहोस् फोटो फिचरमा

Tags :
प्रतिक्रिया दिनुहोस