२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दोस्रो चरण पनि शान्तिपूर्ण हुन्छ’– प्रमुख आयुक्त यादव

अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् । देशका विभिन्न भागमा निर्वाचनलाई विरोध गर्दै विस्फोटका घटनाहरु गराइका बेला उनले सुरक्षा व्यवस्था सुदृढ रहेको बताए ।

‘निर्वाचन आयोग सरकारले तायर पारेको सुरक्षा योजनाप्रति पूर्ण विश्वस्त छ,’आइतबार पत्रकार सम्मेलनमा उनले भने ‘सरकारले राम्रो सुरक्षा व्यवस्था मिलाएको छ ।’ उनले धेरै अप्ठ्याराकाबीच पहिलो चरणको निर्वाचन शान्तिपूर्ण भएको उल्लेख गर्दै दोस्रो चरणका लागि पनि ढुक्क रहन आग्रह गरे । उनले आममतदाता र राजनीतिक दलहरुको सहयोगले पहिलो चरणको निर्वाचन उत्साजहजनक र शान्तिपूर्ण भएको भन्दै दोस्रो चरणमा पनि त्यस्तै अपेक्षा रहेको बताए । उनले आममतदाता सुरक्षित रहेको र मतदान शान्तिपूर्ण हुनेमा आयोग ढुक्क रहेको जनाए ।

उनले निर्वाचन आचारसंहिताको पालना विगतको भन्दा राम्रो रहेको दाबी समेत गरे । पछिल्लो समय आचारसंहिताप्रति दलहरु पनि सजग रहेको पाइएको उनले उल्लेख गर्दै उल्लंघन गरिएका स्थानमा आयोगले ध्यानाकर्षण गरेको र कारबाही समेत गरेको बताए । ‘जिल्ला जिल्लमा मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीले तुल ब्यानर हटाउन लगाएका छन्,’ उनले भने ‘सोमबार मध्यरातिदेखि मौन अवधि सुरु हुने भएकाले उम्मेदवारहरुले स्वयं आफ्ना तुल, ब्यानर र पोस्टर हटाउनुपर्छ ।’

उनले मौन अवधिमा कुनै प्रकारको प्रचार प्रसार नगर्न र मतदातालाई किनबेचको साधन नबनाउन समेत आग्रह गरे । ‘मतदाता सजग र सतर्क छन्, मतदाताको अवमूल्यन कोही कसैले नगरौं,’ उनले भने ‘मौन अवधिमा मतदातालाई प्रभाव पार्ने कसैबाट कुनै प्रकारको काम नहोस् ।’ उनले स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भएको निर्वाचन नै आचारसंहिता पालनाको प्रमुख इण्डिकेटर रहेको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments