शिक्षाका कर्मचारी सबै स्थानीय तहमा पुगेनन् « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शिक्षाका कर्मचारी सबै स्थानीय तहमा पुगेनन्


५ मंसिर २०७४, मंगलबार


काठमाडौं । कर्मचारी अपुग भएको भन्दै शिक्षा विभागले सबै स्थानीय तहमा शिक्षाका कर्मचारी खटाउन सकेको छैन । ७ सय ५३ स्थानीय तहमध्ये शिक्षा विभागले अधिकृत र प्राविधिक सहायक गरी ४ सय २ स्थानीय तहमा मात्रै कर्मचारी खटाएको छ ।

जिल्ला शिक्षा कार्यालय पूरै खालि गर्न सक्ने अवस्थाले सबै स्थानीय तहमा कर्मचारी खटाउन नसकेको शिक्षा विभागका निर्देशक केशव दाहालले बताए । सबै कर्मचारी स्थानीय तहमा खटाउँदा कार्यालय बन्द हुने अवस्था भएकाले केही कर्मचारी जिला कार्यालयमा राखेर स्थानीय तहमा खटाएको दाहालले बताए ।

देशभरमा एक हजार ५३ स्रोत व्यक्तिको दर्बन्दी छ । तीमध्ये ९ सय २३ स्रोत व्यक्ति मात्र कार्यरत छन् । स्रोत व्यक्तिहरू पनि स्थानीय तहमा समान रूपमा पुग्न सकेका छैनन् । कुनै स्थानीय तहमा ३÷४ जनासम्म खटाइएका छन् भने कुनै ठाउँमा एउटै स्रोत व्यक्तिले ३÷४ वटा स्थानीय तह हेर्नुपर्ने अवस्था छ, निर्देशक दाहालले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस