प्रदेश सभा कहाँ बस्ने, शपथ कसले गराउने ? « प्रशासन
Logo २० मंसिर २०७८, सोमबार
   

प्रदेश सभा कहाँ बस्ने, शपथ कसले गराउने ?


१ मंसिर २०७४, शुक्रबार


काठमाडौं । संविधानअनुसार प्रदेश प्रमुखले प्रदेश सभाको मतपरिणाम आएको २० दिनभित्र बैठक आह्वान गर्नुपर्ने व्यवस्था छ । प्रदेश प्रमुखले नै प्रदेश सभा सदस्यको शपथग्रहण गराउनेछन् । तर, निर्वाचन आउन १० दिन मात्र बाँकी हुँदा पनि सरकारले प्रदेश प्रमुख नियुक्त गर्न सकेको छैन ।

निर्वाचित प्रदेश सभा सदस्यलाई कसले शपथग्रहण गराउने भन्ने प्रस्ट हुन सकेको छैन । प्रदेश सभा अधिवेशन कसले बोलाउने भन्ने पनि अन्योलै छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रेमकुमार राईले सबै कामका लागि कार्ययोजना तयार भए पनि राजनीतिक निर्णय नहुँदा काम नभएजस्तो देखिएको बताए । उनका अनुसार प्रधानमन्त्री कार्यालयले कार्ययोजनाको मस्यौदा भने तयार गरेको छ । ‘राजनीतिक निर्णय नहुँदा कार्ययोजनाअनुसार प्रदेशको राजधानी, प्रदेश प्रमुखको नियुक्ति, प्रदेश सभाको सचिवालय, प्रदेशको मुख्यसचिव तथा आवश्यक कर्मचारी व्यवस्थापन हुन सकेको छैन,’ राईले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस