परीक्षाउपयोगी विशेष श्रृंखला ४७ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

परीक्षाउपयोगी विशेष श्रृंखला ४७


२९ कार्तिक २०७४, बुधबार


शासन व्यवस्थाका चार जोखिमहरु (4 Risks of Governance)

  • यथास्थितिमा रहने जोखिम (Risk of inertia)
  • असक्षमताको जोखिम (Risk of incompetence)
  • सर्वसाधरण जनताबाट सम्वन्धविच्छेद हुने जोखिम (Risk of being divorced from people)
  • भ्रष्टाचार र अन्य नकरात्मक घटनाहरु (Risk of corruption and other negative phenomena)
                             (चीनिया राष्ट्रपति सि जिनपिङका भाषण संकलित  The Governance of China नामक पुस्तक बाट साभार)

वस्तुगत प्रश्नहरु

१. विश्व इतिहासमा अफिम युद्ध कुन कुन दुई देशवीच भएको थियो ?

२. योजना प्रकृयामा प्रयोग हुने ICOR को पूरा रुप के हो  ?

३. SaMi  परियोजना के सँग सम्वन्धित छ ?

४.  सार्वजनिक प्रशासनको इतिहासमा विशेषरुपमा अर्थ राख्ने “मिनुव्रुक सम्मेलन” कहिले भएको थियो ?

५.  खाली ठाउँमा उपयुक्त अंक भर्नुहोस् ?

11 Χ 11 = 4

22 Χ 22 = 16

33 Χ 33 = ?

 

सही उत्तरहरु:

१. बेलायत र चीन

२. Incremental Capital Output Ratio

३.  सुरक्षित बसाइसराइ

४.  सन् १९६८

५.  36

 

छोटो प्रश्नोत्तर

. भौतिकवाद र अध्यात्मवाद परिपूरक हुन् कसरी  ?

भौतिकवादले वैज्ञानिक प्रगतिको कुरा गर्दछ वस्तुहरुको प्रयोग गरेर शरीरलाई आनन्दित पार्ने विषयलाई जोड दिन्छ । भौतिक सुखको प्राप्तिमा विज्ञान र अर्थले चमत्कार नै ल्याएका छन् । तर के मानिस यी कुराले खुशी र आनन्दित छ ?  प्रश्न अवस्य उठ्छ । अर्कोतिर अध्यात्मवादले मन, मस्तिष्कलाई वुझ्ने र यी दुईलाई ठीन ढंगले सिञ्चित गर्ने कुरा गर्दछ । आशक्ति, रीस, घमण्ड, घृणा, भ्रम जस्ता गलत प्रवृत्तिउपर विजय प्राप्त गर्ने ईश्वरको भक्ति गर्नु उपयुक्त छ भनेर यो धारले मान्दछ । स्वस्थ शरीरविना आध्यात्मिक चिन्तन संभव छैन । उचित खानपान र वातावरण कायम गर्दै असल चिन्तन एवं मन वचन र कर्ममा मेल ल्याउनका लागि भौतिकवाद र आध्यात्मवाद दुवैको संतुलित प्रयोग आवश्यक छ । यी दुवै एकअर्कामा परिपूरक छन् ।

.  नेपालको सन्दर्भमा जनसंख्या व्यवस्थापनका प्रमुख सवालहरु के के हुन् ?

विकास, वातावरण र जनसंख्या आपसमा अन्तरसम्वन्धित हुने तथा जानसांख्यिक पक्षहरुले विकासमा सिधा सरोकार समेत राख्ने सन्दर्भमा वर्तमान नेपालको परिवेशमा रहेका जनसंख्या व्यवस्थापनका प्रमुख सवालहरुलाई यसप्रकार सूचिवद्ध गर्न सकिन्छ :

  • Sex ratio 1 भन्दा धेरै कम हुनु (०.९५)
  • हिमाल र पहाडको जनसंख्या घट्दै जानु (व्यवस्थित वसाइसराइ)
  • वैदेसिक रोजगारीले ल्याएको पारिवारिक विचलन
  • वृद्धवृद्धाको उचित स्याहारसुसारको विषय
  • ग्रामीण क्षेत्रमा काम गर्ने उमेरको जनशक्ति कम हुनु
  • परिवार नियोजनको उचित प्रवन्धको विषय
  • अव्यवस्थित सहरीकरण र अव्यवस्थित वसोवास को समस्या समाधान

 

परीक्षाउपयोगी विशेष श्रृंखलाका स्तम्भकार नेत्र सुवेदी “प्रयास” का शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस