भूकम्पपछिको पुनर्निर्माण दलको प्राथमिकतामै परेनन् « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भूकम्पपछिको पुनर्निर्माण दलको प्राथमिकतामै परेनन्


२६ कार्तिक २०७४, आइतबार


काठमाडौं । दलहरुको घोषणापत्रमा भूकम्प तथा बाढीपहिरोबाट ध्वस्त संरचनाको पुनर्निर्माण प्राथमिकतामा परेको छैन । कांग्रेस घोषणापत्र, वाम गठबन्धनको घोषणापत्रमा पुनर्निर्माण शब्द उल्लेख, तर योजनाविहीन कांग्रेसले ८४ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको छ ।

१० वर्षभित्र नेपालको कायापलट गरिने भन्दै निकै आकर्षक योजना घोषणापत्रमा उल्लेख छ । तर, साढे दुई वर्षदेखि टहरोमा बस्दै आएका भूकम्पपीडितको आवास पुनर्निर्माण गर्ने सन्दर्भमा घोषणापत्र मौन छ ।

वाम गठबन्धनका तर्फबाट तयार ४८ पृष्ठ लामो एमाले र माओवादी केन्द्रको चुनावी घोषणापत्रमा पुनर्निर्माणको शब्दसम्म उल्लेख छ । तर, भूकम्पपीडितले महसुस गर्ने गरी कुनै योजना अघि सारिएका छैनन् । घोषणापत्रमा ‘भूकम्पबाट ध्वस्त संरचना ०७६ भित्र पुनर्निर्माण गरिसक्ने’ उल्लेख छ ।

तर, ती संरचना पुनर्निर्माण गर्ने खालको ठोस योजना कहीँकतै उल्लेख छैन । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (प्रजातान्त्रिक) को घोषणापत्रले पनि भूकम्प र बाढीपीडितको पीडा सम्बोधन गर्न सकेका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस