अख्तियारद्वारा एकैपटक दुई सय अधिकारीमाथि अकुत सम्पत्ति छानविन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अख्तियारद्वारा एकैपटक दुई सय अधिकारीमाथि अकुत सम्पत्ति छानविन


२० कार्तिक २०७४, सोमबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनमा एकैपटक दुई सय उच्च सरकारी अधिकारीमाथि विस्तृत छानविन थालेको छ ।

अख्तियारले आइतबारबाट अवकासप्राप्त र बहालवाला अधिकारीविरुद्ध अनुसन्धान थालेको हो । स्रोतका अनुसार अख्तियारले सुरक्षा निकाय, अर्थ, सिँचाइ, सडक, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य मन्त्रालयअन्तर्गतका उच्च अधिकारीको सम्पत्ति छानविन थालेको हो ।

अकुत सम्पत्ति छानविनमा पाँच सचिव, ४० इन्जिनियर र २० सुरक्षा निकायका उच्च पदस्थ अधिकारी परेका छन् । ‘अकुत सम्पत्ति छानविनमा केहीसँग बयान चलिरहेको छ,’ अख्तियार स्रोतले भन्यो, ‘केहीलाई बयानका लागि बोलाउने तयारी छ ।’

अख्तियारले आइतबार पूर्वप्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, सचिव गजेन्द्रकुमार ठाकुरलगायत चार अधिकारीसँग बयान लिएको थियो ।

अख्तियारले ट्रान्सर्फमर खरिद कान्डमा पूर्वमूख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, पूर्वसचिव विश्वप्रकाश पण्डित र सचिव अर्जुन कार्कीको पनि बयान लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस