इलाममा वाम गठबन्धनद्वारा निर्वाचन गतिविधि तीव्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इलाममा वाम गठबन्धनद्वारा निर्वाचन गतिविधि तीव्र


१३ कार्तिक २०७४, सोमबार


इलाम । वाम गठवन्धन, इलामले आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि ११ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ ।

वाम गठबन्धन निर्वाचन परिचालन समितिमा नेकपा एमालेका तर्फबाट रामबहादुर राना, भक्त केसी, महेश बस्नेत, गणेश बराल, नवराज शंकर, चित्रकला बराइली तथा नेकपा ९माओवादी केन्द्र०का तर्फबाट कान्छा लावती, सिन्धु राई, राज राई, तेजबहादु राई र अनिल बराइली रहेका छन् ।

समितिले कात्तिक १३ गतेदेखि निर्वाचन लक्षित कार्यक्रमहरू तय गरेको छ । गठबन्धनले आगामी कात्तिक १३ गते क्षेत्र नं. १ को फिक्कल तथा क्षेत्र नं. २ को मङ्गलबारेमा निर्वाचन क्षेत्रस्तरीय भेला आयोजना गरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय निर्वाचन परिचालन कमिटीहरू गठन गर्ने जनाएको छ ।

कात्तिक १५ गते मोर्चा, संगठनको संयुक्त बैठक बसाइसक्न जनसंगठनलाई निर्देशन दिइएको छ । सोही दिन नै जिल्ला समन्वय समितिको सभाकक्षमा वाम गठबन्धनका तर्फबाट इलाम जिल्लाका उम्मेदवारको संयुक्त पत्रकार सम्मेलन गरिने बताइएको छ ।

कात्तिक १६ गते विशाल जनसमुदायको उपस्थितिमा वाम गठबन्धनका सम्पूर्ण उम्मेदवारको मनोनयन दर्ता गरिने भएको छ । त्यसैगरी, सोही दिन अपराह्न २ बजे सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा केन्द्रीय नेताले सम्बोधन गरी संयुक्त जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरिने भएको छ ।

कात्तिक १७ गते जिल्लास्तरीय कार्यदलको समीक्षा बैठक बस्नेछ । कात्तिक १८ गते देउमाई नगरपालिका, सन्दकपुर, रोङ र चुलाचुली गाउँपालिका, कात्तिक १९ गते इलाम, माई नगरपालिका, माईजोगमाई र माङसेवुङ गाउँपालिका तथा कात्तिक २० गते सूर्योदय नगरपालिका र फाकफोकथुम गाउँपालिकामा संयुक्त कार्यकर्ता भेला गरिने परिचालन समितिका सदस्य महेश बस्नेतले बताए । रासस

प्रतिक्रिया दिनुहोस