अर्बपति चौधरी कांग्रेसको समानुपातिक सूचीमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अर्बपति चौधरी कांग्रेसको समानुपातिक सूचीमा


१३ कार्तिक २०७४, सोमबार


नेपाली काँग्रेस

काठमाडौं । उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चौधरीलाई नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा राखेको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक सभासद भएका चौधरी एक दशकपछि राजनीतिमा फर्किएका छन् । २०६४ सालको संविधान सभा निर्वाचनमा एमालेले उनलाई समानुपातिक सभासद बनाएको थियो ।

यसपटक चौधरीको नाम समानुपातिक सूचीमा राखेको कांग्रेस स्रोतले जानकारी दिएको छ । चौधरी प्रसिद्ध म्यागेजिन फोर्ब्सको अर्बपति सूचीमा परेका एक मात्र नेपाली व्यवसायी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस