मतदानबाट वञ्चित हुँदै पाँच लाख कर्मचारी र सुरक्षाकर्मी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मतदानबाट वञ्चित हुँदै पाँच लाख कर्मचारी र सुरक्षाकर्मी


१२ कार्तिक २०७४, आइतबार


काठमाडौं । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको काममा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मी मतदान गर्ने अवसरबाट वञ्चित हुने भएका छन् । निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, म्यादी प्रहरीको अस्थायी मतदाता नामावलीको व्यवस्था नभएकाले उनीहरूले समानुपातिक निर्वाचनमा समेत मतदान गर्न पाउनेछैनन् ।

निर्वाचन आयोगले सरकारी कर्मचारी र सुरक्षाकर्मीका लागि अस्थायी मतदाता नामावलीको व्यवस्था गर्ने/नगर्नेबारे अन्तिम निर्णय भने गरिसकेको छैन ।

प्रदेश र प्रतिनिधिसभाको मतपत्र एउटै भएका कारण अस्थायी मतदाता नामावलीको व्यवस्था गर्न सम्भव नभएको आयोगका एक आयुक्तले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस