परीक्षाउपयोगी विशेष श्रृखंला ४३ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

परीक्षाउपयोगी विशेष श्रृखंला ४३


१ कार्तिक २०७४, बुधबार


महिला अधिकार र हिंशा सम्वन्धमा नेपालमा रहेका प्रमुख ऐन, नियम तथा निर्देशिकाहरु

ऐन तथा नियमावलीहरु

  • लैंगिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३
  • राष्ट्रिय महिला आयोग ऐन, २०६३ र नियमावली, २०६५
  • मानव वेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ तथा नियमावली २०६५
  • घरेलु हिंशा (कसुर र सँजाय) ऐन, २०६६ तथा नियमावली, २०६७
  • लैंगिक हिंशा निवारण कोष (सञ्चालन) नियमावली, २०६७
  • एकल महिला सुरक्षा कोष (सञ्चालन) नियमावली, २०७०
  • छाउपडी प्रथा उन्मूलन निर्देशिका, २०६४
  • मुलुकी ऐन २०२० का सान्दर्भिक महलहरु (विहावारीको महल, लोग्नेस्वास्नीको महल, जवर्जस्ती करणी, हाडनाता करणी र आशय करणीको महल, कुटपिटको महत र अदलको महल)

नीति तथा कार्ययोजनाहरु

  • लैंगिक हिंशा विरुद्ध राष्ट्रिय कार्ययोजना
  • लैंगिक समानता तथा महिला सशक्तिकरण सम्वन्धी राष्ट्रिय कार्ययोजना (२०६९/७०-२०७३/७४)
  • महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी कार्यान्वयन गर्ने राष्ट्रिय कार्ययोजना, २०६०
  • संयुक्त राष्ट्र संघ सुरक्षा परिषदबाट पारित प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयन राष्ट्रिय कार्ययोजना
  • मानव वेचविखन विशेष गरी महिला तथा बालबालिकाहरुको वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय कार्ययोजना, २०६८

वस्तुगत प्रश्नहरु

१. “सामाजिक सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लगि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गरिनेछ ।” यो व्यवस्था नेपालको संविधानको कुन धारामा उल्लेख छ ?

  (क) ५१       (ख) ५२    (ग) ५४     (घ) ५६

२. चर्चित ठोकर्पा सामुदायिक बन कुन जिल्लामा पर्दछ  ?

३. The Hatch Act of 1939 (USA) के का लागि वनाइएको कानुन हो ?

४.  गोप्य मतदानबाट चुनाव गराउन प्रारम्भ गर्ने देश कुन हो ?

(क) अमेरीका    (ख) फ्रान्स   (ग) बेलायत  (घ) न्युजिल्याण्ड

५.  ?  चिन्ह रहेको स्थानमा कुन अंक उपयुक्त होला ?

68: 130:: ?: 350

(a) 210                               (b) 216                                   (c) 222                              (d) 240

सही उत्तरहरु:

१. (घ) ५६

२. सिन्धुपाल्चोक

३. कर्मचारीले के कस्ता राजनैतिक कृयाकलाप गर्न हुन्छ के गर्न हुँदैन भन्ने प्रष्ट पारिएको ऐन ।

४.  (ख) फ्रान्स सन् (१८३१ मा)

५.  (c) 222 (68=43+4, 130=53+5, 350=73+7, so missing number is 63+6=216+6=222)

छोटो प्रश्नोत्तर

. Public Private Dialogue (PPD) को संक्षिप्त परिचय दिनुहोस्  ?

खासगरी द्वन्द्वपछिको अवस्थाका देशहरु र कमजोर राज्यहरुमा सरकार र निजी क्षेत्रवीच व्यापक अविश्वास रहेको हुन्छ । त्यहाँ नाफाका लागि र रकमका लागि काम हुनेगर्दछ, भनाइ एउटा गराइ अर्को हुने गर्दछ, भएगरेका काममा वैधानिकता वा सर्वस्वीकार्यता पाउन गाह्रो छ । यी समस्याको समाधान भनेकै सार्वजनिक क्षेत्रप्रतिको विश्वास अभिवृद्धि गर्ने, सहभागिता हाँसिल गर्ने उपायको रुपमा सार्वजनिक निजी सम्वाद Public Private Dialogue (PPD) को भूमिका रहने विश्वास गरिन्छ। सन्तुलित र समावेशी संरचनामार्फत सकरात्मक एवं दिगो नतिजा हाँसिल गर्न साझा मञ्च खडा गर्नु आवश्यक छ । शासकीय संरचनामा निजी क्षेत्रको वढ्दो भूमिकालाई चरितार्थ गर्नका लागि सरकार र निजी क्षेत्रवीचको विश्वास र सकृयता धेरै नै महत्वपूर्ण विषयका रुपमा चर्चामा आएको छ ।

.  What are the OECD principles of corporate governance ?

Following five principles are used by Organization of Economic Cooperation and Development (OECD):

  1. Rights and equitable treatment of shareholders (Policy makers, employees, investors, creditors, suppliers, local communities, consumers)
  2. Interest of other stakeholders
  3. Role of responsibility of board
  4. Integrity and ethical behavior
  5. Disclosure and transparency

नोटः  परीक्षोपयोगी विशेष श्रृंखलाका स्तम्भकार नेत्र सुवेदी “प्रयास” द्वारा लिखित सहसचिव परीक्षाका लागि लक्षित पुस्तक ‘सार्वजनिक प्रशासनमा नैतिकता, जवाफदेहिता र व्यवसायिकता’ असोज ३१ गते कागतिहारका दिनदेखि वजारमा उपलव्ध छ ।

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस