सर्लाही दुई सातादेखि सिडियोविहीन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सर्लाही दुई सातादेखि सिडियोविहीन


२९ आश्विन २०७४, आइतबार


सर्लाही । झन्डै दुई हप्तादेखि सर्लाहीमा प्रमुख जिल्ला अधिकारी नहुँदा जिल्ला प्रशासन कार्यालयको कामकाज प्रभावित भएको छ । प्रमुख नै नहुँदा कार्यालयमा आर्थिक कारोबार, मुद्दामामिला र ठूला किसिमका विवाद मिलाउने काम प्रभावित भएको कर्मचारीले बताएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल असोज १६ गते नै सरुवा भएर अन्यत्र गए पनि गृह मन्त्रालयले उनको ठाउँमा अर्को प्रमुख जिल्ला अधिकारी पठाएको छैन । केन्द्रमा प्रभाव पार्ने नेताले चुनावको मुखमा आफूनिकटका प्रशासकलाई सर्लाही ल्याउन चाहेको कारणले नयाँ प्रमुख जिल्ला अधिकारी आउन ढिलाइ भएको स्रतोतले जनाएको छ ।

हाल सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले सर्लाहीको निमित्त सिडिओको जिम्मेवारी सम्हालेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस