Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

यातायात व्यवसायीमाथि निगरानी गर्न सादा पोशाकमा प्रहरी परिचालित


८ आश्विन २०७४, आइतबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैँको समयमा सरकारले निर्दिष्ट गरेको यातायात भाडाभन्दा बढी लिने व्यवसायीलाई कडा कारबाही गर्ने भएको छ ।

नेपाल यातायात महिला चालक समूहले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सोही मन्त्रालयकी राज्यमन्त्री सीता गुरुङले सर्वसाधरण यात्रुलाई ठगी गर्ने व्यवसायीमाथि निगरानी गर्न सादा पोसाकमा प्रहरी तथा कर्मचारीलाई परिचालन गरिएको बताएकीछिन् ।

चाडबाडको मौका छोपेर चलनचल्तीभन्दा दोब्बर भाडा लिएको समाचार आएपछि सरकारले त्यस्ता व्यापारीलाई कारबाही गर्ने निर्णय गरेको बताउँदै उनले ठगीमा संलग्न सम्बन्धित व्यवसायीको सवारीलाई दिइँदै आएको सडक इजाजतसमेत खारेज गर्न सकिने जानकारी गराइन् ।

राज्यमन्त्री गुरुङले पेट्रोलियम पदार्थको खरिदमा ठूलो धनराशि विदेशिएकाले यसको प्रयोगलाई न्यूनीकरण गर्न विद्युतीय सवारीसाधनको प्रयोगकर्तालाई विभिन्न सहुलियत उपलब्ध गराइने नीति रहेको बताइन्। गुरुङले काठमाडौँमा करिब दुई हजार टेम्पो चालक महिला रहेको बताउँदै उनीहरुको आयआर्जनको वैकल्पिक व्यवस्था नगर्दासम्म टेम्पो सञ्चालनलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन् ।

काठमाडौँ महानगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले राज्यका हरेक निकायमा महिला सहभागिता सुनिश्चित गरिएको भए पनि उनीहरुको प्रतिनिधित्व हुन नसकेकामा चिन्ता व्यक्त गरे ।

नेपाल यातायात महिला चालक समूहका अध्यक्ष मीना चन्दले समाजमा महिला सशक्तीकरणका लागि उनीहरुलाई उत्पादनसँग जोड्न व्यावसायिक तालिम जरुरी रहेको बताउँदै आफ्नो संस्थाले महिलालाई चालक तालिम उपलब्ध गराएर दक्ष बनाउने गरेको र उनीहरुलाई सरकारी सवारीसाधन सञ्चालनमा प्राथमिकतामा राख्नुपर्ने माग गरेकीछिन् ।

–––

प्रतिक्रिया दिनुहोस