दसैंमा नयाँ कुमारी आउँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दसैंमा नयाँ कुमारी आउँदै


८ आश्विन २०७४, आइतबार


काठमाडौं । नौ वर्षपछि काठमाडौंमा जीवित देवी ‘कुमारी’ को परिवर्तन गरिने भएको छ । कुमारीलाई जीवित देवीका रुपमा पुजिन्छ । हालकी कुमारी मतिना शाक्यको कुमारी बस्ने औसत उमेर पूरा भएकाले नयाँ ल्याउन लागिएको हो ।

मतिना २०६५ सालमा कुमारीका रुपमा कुमारी घरमा प्रवेश गरेकी हुन् । उनको उमेर १२ वर्ष पूरा भएकाले दसैंको महाअष्टमीका दिन कुमारीघरमा नयाँ कुमारी भित्र्याउने तयारी भएको गुठी संस्थान, प्रधान कार्यलयले जनाएको छ । परम्परा अनुसार बहालवाला कुमारी १२ वर्ष पुगेपछि नयाँ कुमारी प्रतिस्थापन गर्नुपर्ने मान्यता रहेको कार्यालयका उपप्रशासक दीपकबहादुर पाण्डेले जानकारी दिए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस