आज तराई–मधेसमा मतदान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज तराई–मधेसमा मतदान


२ आश्विन २०७४, सोमबार


जनकपुर । लामो अन्योललाई चिर्दै प्रदेश २ का आठ जिल्लाका नागरिकले स्थानीय तहमा जनप्रतिनिधि चुन्न सोमबार मतदान गर्दै छन् । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन आयोगले तोकेको मतदान केन्द्र वा मतदान स्थलमा गएर उनीहरूले मतदान गर्नेछन् । यो निर्वाचनले ८ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि जनप्रतिनिधि छान्नेछन् ।

मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचनमा भाग लिने/नलिने द्विविधाका कारण अन्य प्रदेशमा दुई चरणमा निर्वाचन भइसक्दा पनि यो प्रदेशमा निर्वाचनको अन्योलता कायमै थियो । यसअघि ३१ वैशाख र १४ असार गरी दुई चरणमा प्रदेश नं. १, ३, ४, ५ तथा ६ का स्थानीय तहमा निर्वाचन सम्पन्न भई प्रतिनिधिले काम गर्नसमेत थालिसकेका छन् ।

निर्वाचनबाट बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका १ सय ३६ स्थानीय तहका लागि ६ हजार ६ सय २७ प्रतिनिधि चुनिनेछन् । मतदानका लागि २६ लाख ६४ हजार ९ सय ५० मतदाता योग्य छन् । सुरक्षा दृष्टिले संवेदनशील मानिएको यो प्रदेशमा ६० हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षाका लागि परिचालन गरिएको छ । २ नम्बर प्रदेशका प्रहरी प्रमुख विजयलाल कायस्थ भन्छन्, ‘निर्वाचनको समग्र पक्षलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाइएको छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस