२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्को खर्च ४ अर्ब २५ करोड

अ+ अ-

काठमाडौं । संघीय संसद् र सात प्रदेशसभा तथा तिनको सचिवालय व्यवस्थापनका लागि राज्यको वार्षिक चार अर्ब २५ करोड रुपैयाँ खर्च हुने भएको छ।

‘संघीय संसद् एवं सचिवालय र प्रदेशसभा एवं सचिवालयसम्बन्धी’ संसद् सचिवालयले तयार गरेको प्रतिवेदनमा संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा, राष्ट्रियसभा र तिनको सचिवालयका लागि एक अर्ब ७० करोड र प्रदेशसभा तथा त्यसको सचिवालयका लागि दुई अर्ब ५५ करोड रुपैयाँ आवश्यक पर्ने उल्लेख छ।

प्रतिनिधिसभाको पूर्वाधारका लागि ७७ करोड ४६ लाख, राष्ट्रियसभाका लागि ३० करोड २४ लाख र संघीय संसद् सचिवालयका लागि ६२ करोड ३० लाख गरी एक अर्ब ७० करोड रुपैयाँ वार्षिक खर्च हुनेछ। यो रकमबाट प्रतिनिधिसभा एवं राष्ट्रियसभासहित संघीय संसद् भवन, सचिवालय, समिति कक्ष, संसदीय पुस्तकालय एवं म्युजियम र संसदीय दलका कार्यालय निर्माण हुनेछ । यसबाहेक नै अन्य पुँजीगत बजेट आवश्यक पर्ने देखिन्छ।

प्रदेशसभा र सचिवालयका लागि वार्षिक एक अर्ब ६१ करोड ८० लाख, प्रादेशिक संसद् सचिवालयका लागि ९३ करोड २० लाख गरी कुल रकम दुई अर्ब ५५ करोड वार्षिक खर्च अनुमान गरिएको छ। उक्त रकम सातवटा प्रदेशसभाको भवन, समिति कक्ष तथा प्रदेशसभा सचिवालय, पुस्तकालय र संसदीय दलका कार्यालय निर्माणमा खर्च हुनेछ । स्थायी प्रदेशसभा भवन निर्माण नहुँदासम्म अन्य भवनमा प्रदेशसभा सञ्चालन गर्दा आधुनिक प्रविधियुक्त पूर्वाधारका लागि थप बजेट आवश्यक पर्ने देखिन्छ। यस किसिमको पुँजीगत बजेटको अनुमान भने प्रतिवेदनमा गरिएको छैन। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments