मन्त्रिपरिषदको रेकर्ड तोडे देउवाले, थप चार मन्त्री सहित ५४ सदस्यीय मन्त्रिपरिषद् « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मन्त्रिपरिषदको रेकर्ड तोडे देउवाले, थप चार मन्त्री सहित ५४ सदस्यीय मन्त्रिपरिषद्


प्रशासन विशेष ब्युरो

२५ भाद्र २०७४, आइतबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकलाई समेटेर छैटौंपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । राप्रपा प्रजातान्त्रिकबाट सरकारमा सहभागी हुने दीपक बोहोरा विज्ञान तथा प्रविधि, सुनिल थापा उद्योग तथा विक्रम पाण्डे वन तथा भू संरक्षण र
रेशम लामाले उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।

मन्त्री र राज्यमन्त्री नियुक्तिको जानकारी प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालयमा दिइसकेका छन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्री सपथ भने भोलि मात्र हुनेछ ।

राप्रपा प्रजातान्त्रिकबाट बोहोरा विज्ञान, विक्रम पाण्डे वन र सुनिलबहादुर थापा उद्योगमन्त्री हुनेछन् । रेशम लामाले उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।

भोलि मन्त्रिपरिषद् विस्तारसँगै देउवा सरकार ५४ सदस्यीय हुनेछ । यो अहिलेसम्मकै जम्बो मन्त्रिपरिषद् हुनेछ ।

यसअघि भदौ ४ गतेको विस्तारसँगै देउवा सरकार ५० सदस्यीय भएको छ, जसमा तीन उप्रधानमन्त्री, २३ मन्त्री र २३ राज्यमन्त्री छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस