सदरमुकाम पुग्नै भारतीय भूमिको प्रयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सदरमुकाम पुग्नै भारतीय भूमिको प्रयोग


२४ भाद्र २०७४, शनिबार


काठमाडौं । वीरगन्जका मतदाताले प्रमुख राजनीतिक दलका उम्मेदवारसँग जिल्लाका करिब दर्जन गाउँ र ती गाउँबाट सदरमुकाम आवतजावत गर्न भारतीय भूमि प्रयोग गर्नु नपर्ने वातावरण बनाउन माग गरेका छन् । उनीहरूले जंगलको बाटो भएर यात्रा गर्दा जंगली जनावरको सिकार हुनुपरेको भन्दै यस्तो माग गरेका हुन् ।

मतदाताका यी माग पूरा गराउन आफूहरूले केन्द्रबाट आउने नेतालाई बस्ती एवं झुपडीमै लगेर पर्सा जिल्लाको वास्तविकता देखाउने योजना बनाएको जिल्लाबाट प्रतिनिधित्व गरेका नेताहरूले बताएका छन् । किन यस्तो योजना बनेको हो भन्ने जिज्ञासामा पर्साका सांसदहरूको एउटै भनाइ छ, ‘पर्सा यथार्थमा कर्णालीभन्दा विकट रहेको प्रमाणित गराउनु नै आफूहरूको उद्देश्य हो ।’ प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो १० वर्षलाई छाड्ने हो भने पर्साको विकासलाई कर्णालीको डोल्पासँग तुलना गर्नुपर्ने अवस्था आइपरेको भन्दै उनीहरूले दुःखेसो गरे ।

पर्साका आधा दर्जन गाउँ एकबाट अर्कोमा जान तथा त्यहाँबाट सदरमुकाम आउन भारतीय भूमि प्रयोग नगरी हुँदैन । त्यति मात्र नभएर लोपोन्मुख जाति र थारू बस्तीका गाउँको बाटो जंगल रहेकाले दिउँसै दानव र जंगली जनावरको सिकार हुनुपर्ने ती सांसदले बताए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस