सुन तस्करीमा ६ गाडी, पहिचान गर्न विशेष चिह्न « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुन तस्करीमा ६ गाडी, पहिचान गर्न विशेष चिह्न


२१ भाद्र २०७४, बुधबार


काठमाडौं । ८८ किलो सुन फेला परेको बा १७ च ६४२७ नम्बरको गाडीको देब्रेतिर सुनको जलप लगाएको विशेष चिह्न थियो, जसमा अंग्रेजीमा लेखिएको थियो भिआइपी ।

विशेष चिह्नको माथिल्लो भागमा मुकुट थियो भने तल्लो भागमा चिनिया अक्षरसँगै सानो अक्षरमा भिआइपी लेखिएको थियो । केरुङ हुँदै चिनियाँ पर्यटक ओसार्न प्रयोग हुने त्यो गाडी कुनै भिआइपीको थिएन । विशेष चिह्न प्रयोग गर्नुको कारण थियो सुन तस्करीका लागि ‘लाइन क्लियर’ गर्ने ।

केरुङबाट नुवाकोटसम्म पुग्दा बाटोमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनासमेत गरेर १२ वटा नाका पार गर्नुपर्छ । त्यसपछि नुवाकोट र धादिङका विभिन्न ठाउँमा गरी दुई दर्जन ठाउँमा सुरक्षा पोस्ट छन् ।

रसुवाका टिमुरेमा ४, स्याफ्रुमा २, धुन्चेमा ३, कालिकास्थानमा २ र वेत्रावतीमा एक चेक पोस्ट छन् । टिमुरे, स्याफ्रु, धुन्चे र कालिकास्थानमा नेपाली सेनाको ब्यारेकसहित चारवटा चेक पोस्ट छन् । सीमा र धुन्चेमा सशस्त्र प्रहरीको दुईवटा चेक पोस्ट छन् । प्रहरीको सीमामा रहेका दुईसहित स्याफ्रु, धुन्चे, कालिकास्थान र वेत्रावतीमा गरी ६ वटा चेक पोस्ट छन् ।

सेटिङ मिलेका ती नाकाका सुरक्षाकर्मीले सहजै पहिचान गरून् र सेटिङ नमिलेका प्रहरीले भिआइपी सवार गाडी भनेर चेक फितलो बनाऊन् भन्ने उद्देश्यले भिआइपी चिह्न प्रयोग गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । आजको नागरिक दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस