निर्वाचन आयोगमा तीन महिनामा चार सचिव « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्वाचन आयोगमा तीन महिनामा चार सचिव


२० भाद्र २०७४, मंगलबार


काठमाडौं । निर्वाचन आचारसंहिताका कारण भदौ महिनामा हुने नियमित सरुवाको कामलाई सामान्य प्रशासन मन्त्रालयले थाती राखेको छ तर स्थानीय तहको निर्वाचन सुरु भएयता निर्वाचन आयोग सचिव सरुवाको रोगले ग्रस्त बनेको छ ।

सरकारले स्थानीय तहको निर्वाचन सुरु गरेयता आयोगमा चार सचिव हेरफेर भएका छन् । सार्वजनिक निकायमा सरुवा, बढुवा तथा नियुक्ति गर्न आचारसंहिताले रोक लगाए पनि निर्वाचन आयोगमै भने सचिव सरुवा भइरहेको छ । स्थानीय तह तेस्रो चरणको निर्वाचन तयारी गरिरहँदा आयोगमा दुई दिनमै सचिव हेरफेर भएको छ ।

३१ वैशाखको पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै असार ८ मा आयोगका तत्कालीन सचिव गोपीनाथ मैनालीको सरुवा भएको थियो । उनी जम्मा नौ महिना मात्रै आयोगमा रहे । त्यसपछि आयोगका सहसचिव महेश्वरप्रसाद न्यौपालेलाई निमित्त सचिवको जिम्मेवारी दिइएको थियो । सरकारले पछि सचिवमा पदोन्नति गरे पनि उनी जम्मा दुई महिना मात्रै आयोगमा सचिव भएर काम गर्ने अवसर पाए ।

आयोगका सचिव महेश्वर न्यौपानेलाई सरुवा गरी उनको ठाउँमा ल्याइएका सचिव शंकरप्रसाद अधिकारीले आयोगमा जम्मा दुई दिन मात्रै जाजिर गर्न भ्याए । भदौ १५ मा आयोगमा हाजिर भएका थिए उनी । क्षेत्र निर्धारण आयोगका सदस्यसचिव रहेका बेगेन्द्रराज शर्माले सोमबारदेखि आयोगको सचिवका रुपमा हाजिर सुरु गरिसकेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस