प्रदेश नम्बर २ को चुनावी तयारी पूरा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश नम्बर २ को चुनावी तयारी पूरा


१८ भाद्र २०७४, आइतबार


काठमाडौं । प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

प्रवक्ता, सहसचिव नवराज ढकालले तयारीको काम लगभग सकिएको र अब मतदान केन्द्रमा कर्मचारी खटिनमात्र बाँकी रहेको बताए ।

भदौ २१ उम्मेदवारी मनोनयनसँगै चुनाव प्रक्रियाले गति लिने छ । भदौ १२ देखि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको र १५ गतेदेखि मतदाता शिक्षाका लागि स्वयंसेवकहरु घरदैलोमा परिचालन गरिएको जानकारी ढकालले दिए । उनका अनुसार आयोगले मतदाता शिक्षाका लागि ३५ सयभन्दा बढी स्वयंसेवक परिचालन गरेको छ । निर्वाचन कार्यालयदेखि मतदान केन्द्रसम्ममा करीब ३१ हजार कर्मचारी परिचालन हुनेछन् ।

मुख्य निर्वाचन अधिकृतले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी निर्वाचनमा खटिने कर्मचारीहरुको व्यवस्थापन गरिरहेको ढकालले बताए । प्रदेश नम्बर २ मा मात्रै निर्वाचन हुन गइरहेकाले प्रत्येक मतदान केन्द्रमा प्रशस्तै सुरक्षाकर्मी पनि परिचालनको तयारी गरिएको छ । म्यादी प्रहरी नराखिने भएपछि नियमित सुरक्षाकर्मी नै ठूलो संख्यामा २ नं. प्रदेशमा खटाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस