पुँजीगत लाभकर उठाउँदा करोडौं राजस्व छुट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुँजीगत लाभकर उठाउँदा करोडौं राजस्व छुट


९ भाद्र २०७४, शुक्रबार


काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका मालपोत कार्यालयहरुले घरजग्गा दर्ता (रजिस्ट्रेसन) गर्दा करोडौं राजस्व हिनामिना गरेको खुलासा भएको छ ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले विभिन्न मालपोत कार्यालयमा यससम्बन्धी छानबिन थालेको थियो । छानबिनका क्रममा पुँजीगत लाभकर उठाउँदा साढे दुई करोड रुपैयाँभन्दा बढी छुट दिएर हिनामिना गरेको देखिएपछि मन्त्रालयले त्यससम्बन्धी सम्पूर्ण फाइल अनुसन्धानका लागि अख्तियार दृुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।

गत आर्थिक वर्ष देशभरबाट २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसमध्ये पुँजीगत लाभकरबाट ४ अर्ब ६२ करोड मात्र उठेको थियो । मन्त्रालयले पुँजीगत लाभकर बढी उठाउनुपर्नेमा कम भएपछि अनियमितता भएको आशंका गर्दै छानबिन थालेको खवर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस