यतिले एटिआर विमानबाट व्यावसायिक उडान थाल्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यतिले एटिआर विमानबाट व्यावसायिक उडान थाल्यो


३ भाद्र २०७४, शनिबार


काठमाडौँ । पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको यति एयरलाइन्सले व्यावसायिक उडान शुरु गरेको छ ।

विमानले शुक्रबार पहिलो उडान भैरहवा भरेको थियो भने व्यावसायिक उडान नेपालगञ्जबाट शुरु गरेको कम्पनीले जनाएको छ ।

निजी वायुसेवा कम्पनी यतिले कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले  एक अर्बको लगानीमा गत साउन ७ गते काठमाडौँ ल्याएको थियो ।

फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित उक्त विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको थियो । यो विमानले विराटनगर, भैरहवा, नेपालगञ्ज र भद्रपुर उडान भर्ने जनाइएको छ ।

यतिसँग एटिआरसहित सातवटा विमान छन् । यतिले बेलायतमा निर्मित ३० सिट क्षमताको जेटस्ट्रिम–४१ सिरिजका छ थान जहाज सञ्चालन गरिरहेको छ ।

यतिले यसवर्षभित्र थप दुई एटिआर विमान ल्याउँदैछ । अहिले खरिद गरेको कम्पनीबाटै थप दुई विमान ल्याउने तयारी छ ।

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकप्टरसहित २० वटा वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस